समाचार

दुई वर्षका लागि अध्ययन विदामा जापान गएका सेनाका मेजर अड्डा नफर्किएपछि बर्खास्त

दुई वर्षका लागि अध्ययन विदामा जापान गएका सेनाका मेजर अड्डा नफर्किएपछि बर्खास्त

काठमाडाैँ – दुई वर्षका लागि अध्ययन विदामा जापान गएका सेनाका मेजर अड्डा नफर्किएपछि बर्खास्त भएका छन्।  दुई वर्षे अध्ययन बिदामा जापान गएका नेपाली सेनाका प्राविधिक मेजर रामचन्द्र तिवारी तोकिएको समयमा कार्यालयमा हाजिर नभई भागेपछि बर्खास्त भएका हुन्।

सैनिक अदालतले भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर गर्दै उनलाई जागिरबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 

उनी २०७३ चैत १८ गते दुई वर्षका लागि ‘पोस्ट डक्ट्रल’ को अध्ययन गर्न बेतलबी बिदामा जापान गएका थिए । दुई वर्षपछि कार्यलयमा हाजिर हुनुपर्ने सर्त भए पनि आफूखुसी बसेको भन्दै सेनाले गत असोज ८ गते पक्राउ गरेको थियो । पक्राउ परेका तिवारीलाई सैनिक ऐनबमोजिम अनुसन्धान गरी कारवाही गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

उनी सेनामा कार्यरत रहेको अवस्थामै थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्विकृती नलिई कार्य गरेको भन्दै जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतले दोषी ठहर गरेको हो । उनलाई सैनिक ऐनअनुसार ६  महिना कैद र भगौडा भएको मितिबाट लागू हुने गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य  नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको जंगी अड्डाले जनाएको छ ।