अन्तरवार्ता भिडियो

ओली सरकार यसरी बदनाम होला भन्ने लागेको थिएन (भिडियोसहित) 

ओली सरकार यसरी बदनाम होला भन्ने लागेको थिएन (भिडियोसहित) 

सरकारमै बसेर सरकारको चर्को आलोचन गर्ने पार्टी हो– समाजवादी । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले कि आचरण सुधार्न नभए सरकार छोड्न अध्यक्ष उपेन्द्र यादवलाई जनाउ दिइसक्दा पनि समाजवादी टसमस भएको छैन । 

समाजवादी पार्टीलाई सत्तालिप्साको गम्भीर आरोप लागिरहेका बेला सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने आउँदो केन्द्रीय समिति बैठकले सरकारबाट हट्न सक्ने निर्णय गर्ने संकेत गरे । सरकारको नेतृत्वले संविधान संशोधनप्रति रत्तिभर रुचि नदेखाएको र अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको प्रष्ट भएपछि समाजवादी सरकारबाट हट्ने मुडमा पुगेको उनले बताए । 

">

सहअध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो सरकार यति चाँडै यसरी बदनाम होला भन्ने सोचेको थिइँन । जनताको कामभन्दा पनि अधिनायकवादी शैली हावी हुन थाल्यो । आफ्नो प्रतिकूल हुँदा जे पनि सहमति गर्ने, अनुकूल हुँदा जसको पनि  तेजोबोध गर्ने नेतृत्वको आचरण छ । सरकारले ल्याएका विधेयक, प्रदेश प्रमुखको वर्खास्ती र नियुक्ति लगायत थुप्रै कामले अधिनायकवादी शैली देखाउँछ । यसको हामी विरोध गर्छौ ।’

सहअध्यक्ष श्रेष्ठका अनुसार यो सरकार पाँच वर्ष टिक्दैन । करिब दुई वर्ष सरकारले विताएपनि अब तीन वर्ष नचल्ने उनको दावी छ । नेकपाभित्रको आन्तरिक द्वन्द्व नै सरकार विघटन र नेकपा फुटको कारण बन्ने सम्भावना प्रबल छ । त्यस्तै परे ओलीले मध्यावधि निर्वाचन घोषणा गर्न सक्छन् । 
प्रधानमन्त्री ओलीको राष्ट्रवाद नश्लीय भएका कारण उनले आन्तरिक राष्ट्रिय एकता कायम गर्न सकेका छैनन् ।

बहुलतायुक्त राष्ट्रवाद हुनुपर्नेमा ओलीको नश्लीय सोच र चिन्तनले मुलुकलाई कमजोर बनाइरहेको छ । अहिले भारतसंगको सीमा विवाद, लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादमा उनी बोल्न नसक्नुको कारण पनि उनको झूठो राष्ट्रवादको नमूना हो । 

">

नेता श्रेष्ठ भन्छन्– ‘कुनैपनि अन्तर्राष्ट्रिय सीमा विवादको समाधान हामीले सुगौली सन्धिको आधारमा गर्नुपर्छ । भारतले आफनो नक्शामा नेपालको भूमि राख्नु गलत हो । भारतले गल्ती सच्याउनु पर्छ । नेपाली पक्षले आफनो सीमानाबारे जानकारी नराख्नु पनि ठूलो कमजोरी हो । ’

नेपालमा भइरहेको प्रदर्शनलाई भारत विरोधीका रुपमा लिनु हुँदैन । यो सर्वसाधारण जनताले देखाएको आफनो भूमिप्रतिको स्नेह हो । देशभक्ति प्रकट भएको हो । भारतसंगको विवाद कुटनीति तहबाटै सुल्झाउनुपर्छ । यो नै अन्तिम विधि हो । 

नेता श्रेष्ठका अनुसार राजपासंग समाजवादीको एकताका लागि विभिन्न चरणमा अनौपचारिक वार्ता भएपनि औपचारिक तहमा कुनै संवाद भएको छैन । राजपा समानुपातिक निर्वाचन प्रणालीमा आइसकेकाले सहमतिको सम्भावना बढ्दै गएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको सवालमा मध्यविन्दु खोज्न सकिन्छ । 

">

सीमा विवाद समाजवादी