समाचार

पूर्व अर्थसचिव खनाललाई पत्नीशोक

पूर्व अर्थसचिव खनाललाई पत्नीशोक

पूर्व अर्थसचिव रामेश्वर खनाल पत्नी सुचिता खनालको निधन भएको छ ।

उहाँको मंगलबार उपचारक्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ पहिलो महिला स्टक ब्रोक्रर हुनुहुन्छ । श्रीमती खनाल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । 

स्वेता सेक्युरिटिजमार्फत सेयर बजारमा प्रभुत्व जमाउन सफल सुचिताले स्टक बजारमा महिलाको क्रियाशीलता बढाउन विशेष भूमिका खेल्नु भएको थियो ।

उहाँकी एक छोरी हुनुहुन्छ ।  

रामेश्वर खनाल सुचिता खनाल