विजया दशमीमा टीका लगाउँदा कुन मन्त्र पढ्ने ? पुरुष र स्त्रीलाई टीका लगाउँदा यी मन्त्र पढ्नुहोस् 

विजया दशमीमा टीका लगाउँदा कुन मन्त्र पढ्ने ? पुरुष र स्त्रीलाई टीका लगाउँदा यी मन्त्र पढ्नुहोस् 

काठमाडौँ । आज नवरात्रको दशौँ दिन । आज दैवी शक्तिले आसुरी शक्तिलाई पूर्णतया पराजित गरेको प्रतीक स्वरुप र असत्य माथि सत्यको विजयको रुपमा विजया देवीको पूजा गरी विजया दशमी मनाइँदैछ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो । घटस्थापना गरेकोे कलशको जलले वैदिक मन्त्र द्वारा अभिषेकगरि बुढापाका हरुको हातबाट आशीर्वाद स्वरुप जमरा फूल प्रसाद ग्रहण गरि मनाउने प्रचलन छ । जमरा गहुँ, जौँ, मकैसमेतको अंकुर हो ।

गहुँ र जौको अंकुर लगाउनाले सुख, शान्ति , समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । निधारमा विजया देवीको प्रसाद स्वरुप दही र रातो टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा मानसिक अशान्ति बाट बच्न सकिन्छ ।

घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । जमरा शीतलता र नूतनको प्रतीक पनि हो। 

टीका लगाइमाग्ने पूर्व फर्कनुपर्छ र टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । 

विजया दशमीको टीकामा पुरुषलाई दिने आशीर्वचन :

आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।


स्त्रीलाई दिने आशीर्वचन :

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ,
रक्षतु त्वां सदा देवा आशीषः सन्तु सर्वदा ।।


जयन्ती मंगलाकाली भद्रकाली कपालिनी,
दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।


जयत्वं देवि चामुण्डे जय भूतार्तिहारिणी,
जय सर्व गते देवि कालरात्रि नम‍ो‍स्तुते ।।

संम्बधित खबर