खेल

ईंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी घरेलु मैदानमा पराजित

ईंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी घरेलु मैदानमा पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमैँ पराजित भएको छ । आइतबार भएको खेलमा म्यान्चेस्टर वुल्भ्ससँग २–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा सिटी पराजित भयो । वुल्भ्सलाई जित दिलाउन आडमा ट्राओरेले दुई गोल गरे । दोस्रो स्थानको सिटीले ८ खेलमा १६ अंक छ । सिटीलाई उसैको घरेलु मैदानमा हराएको वुल्भ्सले ८ खेलबाट १० अंक जोडेको छ ।