समाचार

राष्ट्रपतिबाट पलाञ्चोक भगवती दर्शन

राष्ट्रपतिबाट पलाञ्चोक भगवती दर्शन

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी छिन् । उनले महाअष्टमीको अवसरमा आज विहान पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् । साथै उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन् ।