राजनीति

महरा पक्रन प्रहरी सभामुख निवासमा

महरा पक्रन प्रहरी सभामुख निवासमा

काठमाडौँ । ससद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धानको आदेश दिए लगत्तै प्रहरी सभामुख निवास बालुवाटार पुगेको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई उनकै कोठामा जबर्जस्त करणीको आरोपसहित शुक्रबार महराविरुद्ध उजुरी परेको थियो । उजुरीपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।