मनोरञ्जन

फिल्म निर्देशन गर्दै प्रियंका !

फिल्म निर्देशन गर्दै प्रियंका !

काठमाडौँ। प्रियंका कार्की पछिल्लो समय लगातार फिल्मी पर्दामा छाइरहने अभिनेत्री हुन्।  उनलाई यतिखेरको अवस्थामा ब्यस्त नायिका भन्दा पनि त्यति अत्युक्ति नहोला।  दर्जनौं फिल्ममा काम गरिसकेई भए पनि प्रियंका अभिनित सफल चलचित्र भने औंलामा गन्न सकिने मात्र छन।  चलचित्रको पर्दामा खासै आफ्नो स्टारडम देखाऊन नसकेकी कार्कीले यहि क्षेत्रबाट नाम , र इनाम कमाईन पनि 

जुनसुकै चलचित्रमा जस्तो सुकिई भूमिकामा प्रस्तुत भए पनि फिल्म फ्लप भएकाले होला सायद प्रियंका अब अभिनय भन्दा पनि चलचित्र निर्देशनमा होमिने सोच बनाउन थालेकी छिन्।  

विभिन्न मिडियाहरुसंग कुराकानी गर्दै प्रियंकाले अब आफु अभिनयभन्दा पनि निर्देशनमा लाग्ने जानकारी गराएकी छिन।  प्रियंकाले अब आफुले सन् २०२० सम्ममा चलचित्र निर्देशन गरिसक्ने बताएकी छिन। 'मलाई प्रयोगात्मक कथावस्तुमा काम गर्न मन पर्छ । यही विषयवस्तुको फिल्मको निर्देशन गर्छु होला' उनले भनिन।