अन्तरवार्ता भिडियो कभर स्टोरी

लोकसंगीतमा लय मिल्नु सामान्य हो (भिडियोसहित)

लोकसंगीतमा लय मिल्नु सामान्य हो (भिडियोसहित)

पछिल्लो समय वरिष्ठ लोक तथा डेउडा गायक नन्दकृष्ण जोशी र भोजराज भट्टबीच सार्वजनिकरुपमै विवाद र बहस देखियो । एक राष्ट्रिय टेलिभिजनमा संचालित लोक गीत सम्बन्धी ‘रियालिटी शो’ मा गायक जोशीले आफूले गाएको ‘पैया गुडन लाग्या....’ बोलको गीतलाई आफ्नो भनी टिप्पणी गरेको भन्दै भट्ट रुष्ट छन् । 

गायक भट्टले विभिन्न सार्वजनिक मञ्चमा जोशीको आलोचना गरेपछि जोशीले पनि आफनो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन् । जोशीले आफ्नो नियत सफा भएको तर  ‘टङ स्लीप’ हुँदा त्रुटी भएको बताएका छन् । 

जोशीले गल्ती स्वीकार गरिसक्दा पनि भट्टको मन शान्त हुन सकेको छैन । भट्ट भन्छन्, ‘अझै पनि नन्दकृष्ण दाइले लयको कुरा निकालेर विवाद गर्दै हुनुहुन्छ । उहाँले गाउनु भएको अगाडि छन् रामचन्द्र, पछाडि छन् सीता भन्ने गीतसंग मैले गाएको पैया गुडन लागे गीतको लय छन्द केही मिल्दैन । जोशी दाइले आफनो गीतसंग लय मिल्यो भन्नु उचित हुँदैन ।’

">

भट्ट अघि भन्छन्, ‘एउटा गीतमा त जथाभावी टिप्पणी गरेर विवाद निकाल्नुभयो । फेरि ‘लैजा बुदी लाल पिछ्यौडा बौरानी ओडल्ली’ भन्ने गीतलाई अरुले गढवाली गीत भन्छन् भनेर अनावश्यक विवाद निकाल्नु भएको छ । उहाँ जत्तिको मान्छेले वास्तविक कुरा यो हो भनेर छर्लङ्ग पार्ने कि अरुले यसो भन्छन् भनेर हल्ला गर्ने ? ’

नेपाली डेउडा क्षेत्रमा जोशी र भट्टको विवाद पहिलो होइन । डेउडा क्षेत्रमा नयाँदेखि पुरानो पुस्ताका धेरैजसो सर्जकहरुमा यो समस्या देखिन्छ । कतिपयबीच त बोलचाल समेत छैन । भट्टका अनुसार एक सर्जकले अर्को सर्जकको अस्तित्व स्वीकार नगरेका कारण यस्ता विवाद आउने गरेका छन् । 
लोक तथा डेउडा गीतमा सामान्यतया लय मिल्दैमा विवाद झिक्न नहुने भट्ट बताउँछन् ।

लयकै कुरा गर्ने हो भने नन्दकृष्ण जोशीले गाएको ‘अगाडि छन् रामचन्द्र, पछाडि छन् सीता’ बोलको गीतसंग यज्ञराज उपाध्यायले गाएको ‘आफै उम्रयो जिरा..’ गीतको लय उस्तै उस्तै छ । त्यसमा विवाद किन भएन ? 

">

लोकलयमा आधारित गीतहरुमा लय मिल्नु सामान्य हो । प्रकास सपुत र शम्भु राईकाबीचमा देखिएको विवाद पनि उचित थिएन । कसैले गाएको गीत चल्यो भने त्यसलाई सहन गर्न सक्नुपर्छ, प्रशंसा गर्नुपर्छ । यहाँ त झन उल्टो जल्ने गरेका छन् । 

डेउडाको ब्यापकता बढ्दै गएको छ । यसलाई अझै ब्यापक बनाउन सबै लाग्नुपर्छ । ‘व्यक्तिगतरुपमा भन्ने हो भने डेउडालाई ब्यापक बनाउने त मेरो सपना नै हो’ भट्ट भन्छन् । 

कुनै व्यक्ति विशेषले भन्दा पनि संगठित रुपमा अघि बढ्न सक्ने डेउडाको महत्व र महिमा  बढ्दै जान्छ । अहिले डेउडामा लागेका सर्जकहरु एकबद्ध हुने माहोल बनेको छ । संस्थाहरु पनि खुलेका छन् । स्थानीयदेखि केन्द्र सरकारले पनि डेउडाको विकास र प्रवद्र्यनका लागि योजना बनाएर अघि बढ्नु उपयुक्त हुन्छ । 

">

 

नन्दकृष्ण जोशी भोजराज भट्ट