अपराध सुरक्षा

भिआईपी जुवाडे अनुसन्धानका लागि ७ दिन म्याद थप

भिआईपी जुवाडे अनुसन्धानका लागि ७ दिन म्याद थप

काठमाडौँ । गत आइतबार काठमाडौंको महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरेको छ ।

गत आइतबार पक्राउ परेका २५ जनाविरुद्ध नै ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख (डिएसपी) उमेश लम्सालले जानकारी दिए । आइतबार पक्राउ परेका उनीहरु यसअघि नै ५ दिन हिरासतमा रहिसकेका छन् । प्रहरीले गत आइतबार काठमाडौं महानगरपालिका–३ महारजगञ्ज (पिपलमार्ग)बाट जुवा खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबर बैंकको चेक बरामद भएको थियो ।