समाचार

साढे ६ लाख नगदसहित २० जुवाडे पक्राउ 

साढे ६ लाख नगदसहित २० जुवाडे पक्राउ 

मोरङः प्रहरीले मोरङका २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद  ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथबाट कौडा १ सेट र नगद  दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ।  उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेको मोरङ प्रहरीले जनाएको छ  । 

जुवाडे पक्राउ मोरङ