मुख्य समाचार

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो कुराकानी?

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो कुराकानी?

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच झण्डै एक घण्टा लामो भेटवार्ता भएको हो ।

भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।

केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए ।

तर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दूरी नबढेको दावी गरेका थिए । त्यस्तै, अध्यक्ष प्रचण्डले पनि यसलाई हल्लाको संज्ञा दिएका थिए ।

केपी शर्मा ओली प्रचण्ड बालुवाटार नेकपा