अर्थ

बढ्यो सुनको भाउ , कति पुग्यो !

बढ्यो सुनको भाउ , कति पुग्यो !

काठमाडौँ , केहिदिन देखि लगातार घटेको सुनको मूल्य बुधवार ६ सय रुपियाले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ। आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८ सय र  तेजावी सुन प्रतितोला रु ६९ हजार ५०० रुपियामा कारोवार भइरहेको छ।  

मंगलवार छापावाला सुन प्रतितोला रु ६९ हजार  २ सय र तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो । 

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० रुपियाँले बढेर रु ८ सय ३५  पुगेको महासङ्घले जनाएको छ।