समाचार

डोरीले घाँटी कसेर श्रीमतीद्वारा श्रीमानको हत्या

डोरीले घाँटी कसेर श्रीमतीद्वारा श्रीमानको हत्या

गौरः रौतहटमा श्रीमान् हत्या आरोपमा श्रीमती पक्राउ परेकी छिन् । जिल्लाको गौर नगरपालिका–५ कोइरीटोलका जरिना खातुन श्रीमान् हत्या आरोपमा बिहीबार प्रक्राउ परेकी हुन् ।  

जिल्ला प्रहरी कार्यालय (रौतहट) का प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार श्रीमती जरिनाले कात्तिक ४ गते श्रीमान् ३५ वर्षीय इस्लाम अन्सारीकाे हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ । 

पति इस्लाम र पत्नी जरिनाबीच प्रायः झगडा भइरहने र यही क्रममा कात्तिक ४ गते राति ११ बजे जरिना खातुनले आवेशमा आई प्लास्टिकको डोरीले घाँटीमा कसी कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ।

हत्या पक्राउ रौतहट