मुख्य समाचार

समातिए चर्चित र्‍यापर भिटेन

समातिए चर्चित र्‍यापर भिटेन

 काठमाडौंः प्रहरीले नेपाली चर्चित र्‍यापर भिटेनलाई पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेको हो ।

भिटेनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै लोकप्रिय भएको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार ‘यस्तै त हो नि ब्रो’ गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो ।  

उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । 

पक्राउ र्‍यापर भिटेन