नेपाल टेलिकमको फोरजी आजबाट देशभर : प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपाल टेलिकमको फोरजी आजबाट देशभर : प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ । नेपाल टेलिकमले आजबाट देशका सात ओटै प्रदेशमा फोरजी सेवा सुरु गर्ने भएको छ । काठमाडौं र पोखरामा मात्र सीमित यो सेवा टेलिकमले आजदेखि सातै प्रदेशमा विस्तार गर्न लागेको हो । यसअघि २०७३ पुसदेखि टेलिकमले फोरजी काठमाडौँ र पोखरामा मात्र सञ्चालनमा ल्याएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी सेवाको बुधबार औपचारिक आरम्भ गर्नेछन् ।

साँझ ५ बजे सोल्टी होटेलबाट मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ । फोरजी सेवाका लागि सरकारले गतवर्ष माघमा चीनको जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआईसँग सम्झौता गरेको थियो । पहिलोपटक २२ सहरमा फोरजी पु-याउने लक्ष्य राखिएकोमा बीटीएस स्थापनाको काम धमाधम भइरहँदा नयाँ ठाउँहरू पनि बढिरहेको टेलिकमले जनाएको छ।

बुधबार दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीमा फोरजी सेवा सुरु हुने छ । त्यस्तै रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा यो सेवा सुरु हुनेछ ।

फोर जी मोबाइल डाटा सेवा उच्च गतिको हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्डको छ । 

नेपाल टेलिकम

संम्बधित खबर