समाचार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

जापान।  म्यान्मार र जापानको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार स्वदेश फर्किएकी छिन।  जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ आइतबार म्यान्मारबाट जापान आइपुगेकी हुन्।

भण्डारी बुधवार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्किएकी हुन्।  जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता भएको थियो। नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो।

राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो। यसअघि राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन्। 

राष्ट्रपति बिद्या भण्डारी