अर्थ

दशैंका लागि १० दिनमा १० लाख यात्रु उपत्यकाबाट बाहिरीए !

दशैंका लागि १० दिनमा १० लाख यात्रु उपत्यकाबाट बाहिरीए !

काठमाडौँ , टिकट बुकिंग खुला भएसंगै १० लाख यात्रु दशैंका लागि उपत्यकाबाट बहिरिएका छन। यो संगै दशैँमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भिड लाग्ने गरेको छ।  

टिकट बुकिङ असोज ५ गतेदेखि खुलेको हो।  यो संगै ५ गतेदेखि मंगलवारसम्ममा ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसपी भीमप्रसाद ढकालले जनाएका छन।  

५६ लाख ९१ हजार ६ लाख यात्रु भित्रिएका छन जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताएका छन।  त्यसतै यात्रुसंग बढी भाडा लिने २०८ लाई जरिवाना गरिएको छ भने  यात्रुसंग बढी भाडा असुल्नेलाई ठाउँठाउँमा जरिवाना गरिएको छ।  

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।