समाचार

अध्यागमनका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अध्यागमनका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अध्यागमन अधिकृत मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटर रोशन गौतम र भोज प्रकाश न्यौपानेप्रतिवादी बनाइएको छ।

aआयोगका अनुसार मंगलबार अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएकाे हाे। उनीहरुले २४८ जनालाईलाई प्रस्थान अनुमति दिने क्रममा मिलेमतो गरेको आरोप अख्तियारको छ।