समाचार

२ वर्ष कार्यकाल रहँदै स्वास्थ्य सचिवले किन दिइन् राजीनामा ?

२ वर्ष कार्यकाल रहँदै स्वास्थ्य सचिवले किन दिइन् राजीनामा ?

काठमाडौँ — करिब दुई वर्ष कार्यकाल बाँकी रहँदा स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले आफ्नो पदबाट लिखित राजीनामा दिएकी छन् ।

चौधरीले यसअघि मौखिक रुपमा राजीनामा दिएको भएपनि सोमबार लिखित राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमा बुझाएकी हुन् ।
चौधरीले आफूले पदबाट राजीनामा दिएको बताइन् । हाल स्वास्थ्य मन्त्रालयमा चौधरीसंगै खगराज बराल सचिवको रुपमा कार्यरत छन् ।

उता स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीले चौधरीको लिखित राजीनामा आएको जनाउँदै यसलाई स्वीकृतिको लागि मन्त्रिपरिषदमा पठाइने बताए । गत वर्ष कार्तिक ७ गते चौधरीलाई स्वास्थ्य सचिवबाट दायित्व विमुख गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको थियो । ्म

न्त्रिपरिषद कार्यालयमा उनलाइ कुनै जिम्मेवारी दिइएको थिएन । उक्त निर्णय विरुद्ध सचिव चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्दा गत वर्ष नै उनलाइ मन्त्रालय फर्कन अन्तरिम आदेश दिइएको थियो । यसपछि चौधरी पुनः स्वास्थ्य सचिव कै रुपमा कार्यरत थिइन् ।