समाचार

कालिमाटी र तार्केश्वरबाट ११ जुवाडेलाई पक्राउ

कालिमाटी र तार्केश्वरबाट ११ जुवाडेलाई पक्राउ

काठमाडौं–  प्रहरीले राजधानीमा ११ जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालिमाटीबाट ६ जना र तार्केश्वरको पैँयुटारबाट ५ जनालाई सोमबार नगद ८० हजारसहित नियन्त्रणमा लिइएको हो। 

पैँयुटारमा रामेश्वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले छापा मारी नगद  ४९ हजार ३ सय रूपैयाँ र ६ बुक बरामद गरेको छ। साथै घरधनी बोगटीसहित ५ जनालाई नियन्त्रणमा लिएको हो। 

यसैगरी कामपा १३ कालिमाटीस्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी वृत्त कालीमाटीको टोलीले नगद ३१ हजारबढी रूपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनी तामाङसमेत रहेका छन्।