अपराध सुरक्षा समाचार अर्थ

६० हजार नक्कली नोट बजार पुगेपछि प्रहरीको छापा

६० हजार नक्कली नोट बजार पुगेपछि प्रहरीको छापा

काठमाडौँ । प्रहरीले काठमाडौंको बौद्धमा नक्कली नोट छाप्दाछाप्दै तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखा मेलुङका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् ।

बौद्ध नयाँबस्तीवाट नोट बनाउन प्रयोग गरिएको फोटोकपि मेशिन सहित उनीहरुलाई नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथवाट ३४ हजार नक्कली नोट समेत बरामद गरेको छ। उनीहरुले केही समयदेखि नक्कली नोट बनाएर बजारमा पुर्‍याउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

एक प्रहरी अधिकारी भन्छन् –‘अहिलेसम्म उनीहरुले साठी हजार बराबरका नोट बजारमा पु-याइसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ’ प्रहरीले थप अनुसन्धान भैरहेकाले विस्तृत रुपमा पछि सार्वजनिक गर्ने जनाएको छ । नक्कल नोटमा सरकारले कडाइ गरेपनि एकपछि अर्को गरी नक्कली नोटसहित व्यक्ति पक्राउ पर्ने गरेका छन् ।