अर्थ

सोमबारको सुनचाँदीको मूल्य

सोमबारको सुनचाँदीको मूल्य

काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला त्यहीँ मूल्य रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन पनि आज प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि तेजावी सुन त्यहीँ मूल्यमा कारोबार भएको थियो । 

 चाँदी पनि आइतबारकै मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

नेपाल सुनचाँदी महासंघ सुन सुनचाँदी