अपराध सुरक्षा

तिहारका लागि भित्र्याइएका पटाका बरामद

तिहारका लागि भित्र्याइएका पटाका बरामद

झापा । सशस्त्र प्रहरीले पटाकासहितका बारुदजन्य पदार्थ नियन्त्रणमा लिएको छ । तिहारका लागि भित्र्याइएका नियन्त्रित पटाका जन्य पदार्थको बजारमुल्य एक लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाले गस्तीका क्रममा बारुदजन्य पदार्थ बरामद गरेको हो । त्यसैगरी भन्सार छलि गरी नेपाल भित्र्याउँदै गरेको आवस्थामा ४ लाख ७७ हजार ५ सय मूल्य बराबरको अन्य सामानहरु समेत सशस्त्रले बरामद गरेको छ। बरामद गरिएका सामानहरुमा लत्ता कपडा, खाद्यान्न तथा अवैध सामानहरु रहेका छन्।

बरामद गरिएका पटाकाजन्य वस्तुहरुलाई प्रहरीले नष्ट गरेको छ ।