पर्यटन

तीन महिनामा तीन गैँडा मृत फेला

तीन महिनामा तीन गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।

खानतलासी गर्दा असोज २९ गते गैँडाको अस्थिपञ्जर भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । गैँडाका खाग, खुरलगायतका अङ्गहरु सुरक्षित रहेका छन् ।

खाग ठूलो भएकाले भाले गैँडा भएको अनुमान गरिएको छ । नयाँ आर्थिक वर्ष शुरु भएयता कालगतिका कारण मृत गैँडा भेटिएको यो तेस्रो हो । निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका लागि प्रख्यात रहेको छ । यसै आर्थिक वर्षको चैतको पहिलो साता गैँडा गणनासमेत गरिँदैछ ।