अपराध सुरक्षा

१३ वर्षीया आफ्नै छोरीमाथि जबर्जस्ती करणी गर्न खोज्ने बाबु पक्राउ

१३ वर्षीया आफ्नै छोरीमाथि जबर्जस्ती करणी गर्न खोज्ने बाबु पक्राउ

गुल्मी । आफ्नै १३ बर्षिया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाबुले असोज २९ गते साँझ मालिका गाउँपालिका–६ अर्जैमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। पीडितकी आमाले प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिनुभयो ।