अर्थ कर्पोरेट

सुनको मुल्य यथावत्, चाँदीमा ५ रुपैयाँ बढ्यो

सुनको मुल्य यथावत्, चाँदीमा ५ रुपैयाँ बढ्यो

काठमाडौँ । चाँदीको मुल्य बढेपनि सुनको मुल्य आज पनि यथावत् रहेको छ । विगत दुई दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । तीन दिनअगाडि सात सयले बढेको  सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको हो ।

चाँदी भने बिहीबारको तुलनामा ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी भने पाँच रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।