अपराध सुरक्षा

१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

सुर्खेत । सुर्खेतको वीरेन्दन्द्रनगरमा एक १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । गत असोज १५, १६ र २३ गते आफूमाथि बलात्कार भएको भन्दै पीडित बालिकाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले आरोपी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पीडित बालिकाले आइतबार जाहेरी दिएकी थिइन् ।  जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ ।

आफूलाई आरोपीहरुले पालैपालो असोज १५, १६ र २३ गते एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको बालिकाको जाहेरीमा उल्लेख छ । जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताए ।