अपराध सुरक्षा

बालिकामाथि जबर्जस्ती करणी गर्ने ७ जना पक्राउ !

बालिकामाथि जबर्जस्ती करणी गर्ने ७ जना पक्राउ !

सुर्खेत।  १३ बर्षीया बालिकाको सामुहिक बलात्कारको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पिडित बालिकाले आइतवार गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा बिरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको प्रहरीले जनाएको छ।  

ति सातै जनाले पालैपालो असोज १५, १६ र २३ गते एकपटक चार जनाले र अर्कोपटक दुई जनाले करणी गरेको बालिकाले प्रहरीसामुको जाहेरी दिएको उल्लेख गरेकी छिन।  

जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको बताएको छ।