अपराध सुरक्षा

झगडाले लियो उग्र रुप : अन्धाधुन्ध बञ्चरो प्रहार

झगडाले लियो उग्र रुप : अन्धाधुन्ध बञ्चरो प्रहार

हेटौँडा । एकापसको झगडाले उग्र रुप लिँदा मकवानपुरमा एक महिलाको ज्यान गएको छ । झगडापछि एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गरी महिलाको ज्यान लिएका हुन । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका हुन् ।  

बञ्चरो प्रहारबाट महिलाका श्रीमान र अर्का एक व्यक्ति घाइते भएका छन् । बञ्चरो प्रहारबाट घाइते सन्तमायाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् । बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।