समाचार Breaking News अपराध सुरक्षा राजनीति

महरालाई अदालत लगियो, डीएनए परीक्षण गरिने

महरालाई अदालत लगियो, डीएनए परीक्षण गरिने

काठमाडाैँ – संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएकाे छ।

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख महरालाई अदालत लगिएकाे काठमाडौं प्रहरी परिसरका प्रमुख तथा एसएसपी उत्तम सुवेदीले बताए । उनका अनुसार थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालतमा हाजिर गराउन लैजान लागिएको हो।

थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराइएको हो । दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना भएको दिनमा आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बयान दिएका छन्।

डीएनए परीक्षण गरिने

महराको डीएनए परीक्षण गरिने भएको छ । घटनास्थलमा भेटिएका सामग्रीबारे अनुसन्धानका लागि महराको डीएनए परीक्षण गरिन लागेको प्रहरीले जनाएको छ । नर्भिक अस्पतालको क्याविनमा उपचारत महराको डीएनए परीक्षण गरिनेछ ।

महराले १२ असोज राति बलात्कार प्रयास गरेको संसद सचिवालयकै एक कर्मचारीले आरोप लगाएकी थिइन् । गम्भीर आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

पीडित महिलाको जाहेरी दिएपछि प्रहरीले महरालाई हिरातमा राखेर अनुसन्धान गरिरहेको छ ।