प्रवास

दुबईमा सडक दुर्घटनामा परी ६ नेपालीसहित ८ को मृत्यु, ६ घाइते

दुबईमा सडक दुर्घटनामा परी ६ नेपालीसहित ८ को मृत्यु, ६ घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु भएको छ। सोही घटनामा अन्य देशका दुईजनाको पनि मृत्यु भएका छन्। दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

घाइतेहरू भने नेपाली नागरिक नभएको बताइएको छ। घाइते परेका मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ। सोमबार बिहान दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रोबस लरी ट्रकमा गएर ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी फस्ट सेक्युरेटी कम्पनीमा सुरक्षागार्डको काम गर्ने दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेको नेपाली दूतावासले जनाएको छ। उनीहरूको नेपालको ठेगाना भने खुल्न सकेको छैन ।

मृत्यु हुने अन्य दुईजना भने भारतीय र पाकिस्तानी नागरिक रहेका छन्।  कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट माइक्रोबसमा डिउटीका लागि कार्यस्थल लगिँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटना