यौन-शिक्षा

सुत्केरीपछि यौनसम्बन्ध राख्दा पीडा हुन्छ कि हुँदैन ? भयो भने के गर्ने ?

सुत्केरीपछि यौनसम्बन्ध राख्दा पीडा हुन्छ कि हुँदैन ? भयो भने के गर्ने ?

धेरै समयपछिको यौन सम्पर्कमा केही पीडा हुनु स्वभाविक नै हो । पीडा हुने/नहुने भन्ने कुरा तपाईको डेलिभरि कस्तो प्रकारको हो, नर्मल अथवा अप्रेसन, भन्ने कुरामा पनि भर पर्छ । दुबै किसिमको डेलिभरीको समयमा धेरै घाउ भएको अथवा धेरै छाला च्यातिएको छ भने केही पिडा हुन्छ । तर सामान्य स्थितिमा ४५ दिन बितेपछि यौनसम्पर्क राख्दा पीडा नहुने डा।शर्मा बताउँछिन् ।

यौनसम्पर्कको समयमा धेरै पीडा भयो भने केही समय आफ्नो  शरीर सामान्य हुन दिनु पर्छ । पछिसम्म पनि यहि समस्या रहिरह्यो भने डाक्टरसँग सल्लाह लिनु पर्छ ।

बुवा बनेका पुरुषलाई पनि पहिले जस्तै गरि यौनसम्पर्क राख्न केही असहज अनुभव हुन्छ । अझ जुन पुरुषले डेलिभरीको क्रममा अस्पतालको लेबर रुममा सहभागि भएका हुन्छन्, र त्यसक्रममा आफ्नी जीवनसाथीको पीडा नजिकबाट नियालेका हुन्छन्, त्यस्ता पुरुषलाई यौनसम्पर्क राख्न कठिन हुन्छ । कतिपय स्थितिमा पुरुष आफु पिता बनेकोमा उत्साहित हुन्छन् भने कति हुँदैनन् पनि ।

यदि तपाईको श्रीमान् तपाईंको परिवर्तित रुप देखेर यौनबाट टाढा हुन्छन् भने तपाईंले आफ्नो  श्रीमान्लाई आफु पहिले जस्तै जोसिलो र यौनको लागि तयार रहेको कुरा स्पष्ट पार्नु पर्छ ।