समाचार

दाहालका नाममा दुई पुरस्कार स्थापना

काठमाडाैँ - मानवअधिकार तथा शान्ति समाजले स्व कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्व राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरी दुई पुरस्कार स्थापना गरेको छ । 

श्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान पु¥याउने दुई श्रष्टा (एक महिला र एक पुरुष)लाई जनही रु २० हजार र सम्मानपत्र प्रदान गरिने छ ।

पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि स्व दाहालद्वयका पनातिनी तथा नातिनीहरु अनुजा थापा, अनुपमा  पाण्डे र अपूर्वा शर्माले रु तीन लाख शान्ति समाजलाई प्रदान गर्नुभएको संस्थाका सभापति उत्तम पुडासैनीले जानकारी दिए ।  कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि सभापति पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरु होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिद्वय विष्णुप्रसाद चापागाईं र रेनुका पौडेल तथा महासचिव सुशिल बस्नेत सम्मिलित पुरस्कार छनोट समिति गठन गरिएको समाजले जानकारी दिएको छ ।