समाचार Breaking News अपराध सुरक्षा

सिमावर्ती क्षेत्रमा गोली चल्यो, एक युवकको हत्या

सिमावर्ती क्षेत्रमा गोली चल्यो, एक युवकको हत्या

रौतहट– सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्युु भएको छ । रौतहट जिल्लाको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको घटनास्थलमै मृत्युु भएको हो ।  जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट ती युवकको आइतबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार मृतक युवकको सनाखत हुन सकेको छैन। घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट भारतीय नम्बर प्लेट भएको मोटरसाईकलमा आएका तीन जनाले ती युवकमाथि गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले अज्ञात समूहले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको जानकारी दिए ।

गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने डिएसपी कार्कीको भनाइ छ । हाल मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लैजाने तयारी  भैहरको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा प्रहरी कार्यालय प्रहरीको सुरक्षा बढाएको छ।