खेल

विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

एजेन्सी । विश्व कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेलमा नेपाल ५–० ले पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा जारी खेलमा घरेलु टोलीसँग नेपाल ५–० ले पछि परेको हो। अस्ट्रेलियाका जिमि म्याकलेमले ह्याट्रिक र ह्यारी सौटरले समान दुई–दुई गोल गरेका छन्।

खेलको छैटौं मिनेटमै गोल खाएको नेपालले १९ औं मिनेटमा अर्को गोल खाएको थियो । २४ औं मिनेटमा अष्ट्रेलियाका लागि ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरे। सुरुवाति २४ मिनेट सम्हालिन नसकेको नेपालले अट्याक गर्न नसकेपनि अष्ट्रेलिएन टिमलालाई राम्रैसँग रोक्न सकेको थियो।

अष्ट्रेलियाका लागि ह्यारीले दोस्रो हाफ खेल्दै गर्दा ५९ मिनेटमा अर्को गोल गरे। उनले हेडमार्फत गोल गरेर विश्राम लिएनन् थपिएको ३ मिनेटको अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरे।