महरा नर्भिक अस्पताल भर्ना

महरा नर्भिक अस्पताल भर्ना

काठमाडौँ । महिला कर्मचारीमाथि बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासको समस्या भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरीका एसएसपी उत्तमराज सुवेदीले बताए ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई उनको कोठामा पुगेर जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार महरालाई प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएका महराले श्वासप्रश्वासको समस्या देखिएपछि यसअघि नै उनलाई हिरासतमै अक्सिजन दिइएको थियो ।

महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।
 

संम्बधित खबर