मुख्य समाचार

रोल्पामा बस दुर्घटनाः ११ महिने बालकसहित २ जनाको मृत्यु, २३ घाइते

रोल्पामा बस दुर्घटनाः ११ महिने बालकसहित २ जनाको मृत्यु, २३ घाइते

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको लुङग्री गाउँपालिका–३ जुतुङ्गखोलामा भएको बस दुर्घटनामा प्युठान स्वर्गद्धारी नगरपालिका–५ सारस्का २४ वर्षीय चालक नवराज ओली र लुङग्री–३ जुतुङ्गखोलाका ११ महिने बालक नितेश बिकको मृत्यु भएको हो ।

 

सुलिचौरबाट सिर्पका तर्फ आउँदै गरेको आर्शिवाद यातायातको बा १ ख ५५२१ नम्वरको बस जुतुखोलाको उकालेमा चिप्लीएर दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २३ जना घाईते भएका छन् ।

 

घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको र २१ जनाको सुलिचौरमै उपचार भई रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

रोल्पा बस दुर्घटना