अर्थ शेयर

शेयर बजार पुनः घट्यो

शेयर बजार पुनः घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।८९ विन्दुले घटेर एक हजार १६०।९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७८ विन्दुले घटेर २४६।४७ विन्दुमा झरेको छ । 

 

स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । 

 

बैंकिङ ३।१७, होटल १।६९, विकास बैंक ३।०७, जलविद्युत् १३।८५, निर्जीवन बीमा ६०।२३, लघुवित्त ६।१२ र जीवन बीमा १६।७५ विन्दुले घटेका छन् । यस्तै वित्त १।२८, उत्पादन ६।६ र अन्य उपसमूह १।२९ विन्दुले बढेका छन् । 

 

स्टकका अनुसार घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशत बढी आम्दानी गरेका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महिला सामुदायिक लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन् । 

 

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले भने आज सबैभन्दा बढी आठ प्रतिशतले गुमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कन्काई विकास बैंकका लगानीकर्ताले चार प्रतिशत बढी गुमाएका छन् । त्यस्तै ललितपुर फाइनान्स, नागबेली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुपका लगानीकर्ताले तीन प्रतिशत बढी गुमाएका छन् । 

शेयर बजार