राजनीति मुख्य समाचार

अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

काठमाडौं । भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । 

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन् । 

 

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार नै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरे ।

 

यसैगरी चार दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उनी निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए । 

 

यसैगरी अध्यक्ष दाहालकी बुहारी एवं खानेपानी मन्त्री बीना दाहाल पनि सोहो अस्पतालमा भर्ना भएकी छन्। भाइरल ज्वरोबाट बिरामी उनलाई सोमबार भर्ना गरिएको हो । उनको स्वास्थ्यमा पनि क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’