अर्थ शेयर

खस्किदो सेयर बजारले रोकिने छाँट देखिएन, सोमबार पनि १०.८६ अंकको गिरावट

खस्किदो सेयर बजारले रोकिने छाँट देखिएन, सोमबार पनि १०.८६ अंकको गिरावट

काठमाडौँ । गत सातको बुधबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार कारोबारको चौँथो दिन सोमबार पनि खस्किएको छ । 
 
सोमबार नेप्से १०.८६ अंकले घटेर ११६८.०६ अकंमा कायम भएको छ । चार कारोबार दिनमा शेयर बजारमा कुल २७.४८ अङ्कको गिरावट आएको हो ।

 

सोमबार कारोबारको सुरु देखिनै सूचक घटेको थियो। अघिल्लो दिनको कारोबारमा शेयर सूचक घटरबढ हुने गरेकोमा सोमबार कारोबारको सुरु देखिनै शेयर बजार निरन्तर घटेको थियो। 

 

सोमबार १६६ कम्पनीका १२ लाख ६५ हजार कित्ता शेयर ३६ करोड ७७ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दाबढी माथिल्लो तामाकोशीको शेयर १० करोड ९१ लाख रुपैयाँमा कारोबार भयो। 

 

तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेपछि शेयर बजारमा गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् । 

सेयर बजारमा उपसूचक मिश्रित देखिएको छ। कारोबारमा आएका ११ समूहमा फाइनान्स बाहेक सबै उपसूचक घटेका छन्। फाइनान्स ०.११ प्रतिशतले बढेको छ। लघुबित्त समूह १.७७ प्रतिशतले घटेको छ। 

 

आज गोर्खा फाइनान्सका शेयरधनीले करिब पाँच प्रतिशत कमाए भने, अपर तामाकोशिका शेयरधनीले करिब १० प्रतिशत गुमाएका छन्।

सेयर बजार