राजनीति

विश्वको धनी क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुँन जाँदै प्रधानमन्त्री

विश्वको धनी क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुँन जाँदै प्रधानमन्त्री

काठमाडौं । संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ । स्विटजरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विशव आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

 

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजारभन्दा बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागितता हो । लामो राजनीतिक अस्थितरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णिम अवसर भएको अर्थशास्त्रीहरुको भनाइ रहेको कारोबार दैनिकमा समाचार छ ।  

 

विश्वका धनी राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले प्रवेश पाउनु आफैंमा सकारात्मक भएको पूर्वअर्थसचिव डा. शान्तराज सुवेदी बताउँछन्। यो खबर आजको कारोबार दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली