पर्यटन स्वास्थ्य सामाजिक सञ्जाल देश

अब हवाई सेवामा पनि मापसे कार्यान्वयनमा

अब हवाई सेवामा पनि मापसे कार्यान्वयनमा

काठमाडौ । सवारी साधनमा मात्र होईन अब हवाई सेवामा समेत मापेस (मादक पदार्थ सेवन) नियम अनिर्वाय लागुु हुने भएको छ । हवाई सेवाको सुरक्षालाई देखाउदै नेपाल वायुसेवा निगमले आफ्नो सम्पूर्ण हवाई सेवामा मापसे परीक्षण अनिवार्य गराएको हो । 


निगमले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउनका लगि मापसे चेकिङ अनिवार्य गरिएको जनाएको छ । निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले फेसबुक स्टाटसमार्फत् मापासे परीक्षण भइरहेको जानकारी दिएका छन्।

उनले आफ्नो स्टाटसमा भनेका छन्, ‘हामी विमान चालक अनि विमानसँग संलग्न भएका सम्पूर्ण कर्मचारीहरुको पनि मापसे जाँच हुन्छ कि हुँदैन भनेर जिज्ञासा राख्नेहरु पाएको छु ।’ त्यसमा स्पष्टिकरण दिदै लामाले भनेका छन् ,‘उड्ययन प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार अनिवार्य मापसे जाँच हाम्रो निगमभित्र लागू भइसकेको विधित गराउन चाहन्छु ।’

उनले ट्राफिक प्रहरीले मापसे परीक्षण गर्दा सवारी साधनको दुर्घटना घटेर गएको उल्लेख गर्दै उक्त नीति कार्यान्वयनको सफलताले सबैमा फाईदा पुगेको बताएका छन् । ‘संवेदनशील काममा संवेदनशील सोचको सधैं खाँचो हुन्छ। हामी सदैव यही सोचमा हुने गर्छौं ।’  


क्याप्टेन लामाले ‘हवाइ सुरक्षा हाम्रो पहिलो दायित्व अनि पहिलो प्राथमिकत’ भन्दै निगम भित्र मापसे चेकिङ भइरहेको फोटो समेत आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् । लामा परिचित पाईलटका साथै एक सफल कलाकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत हुन् । 

नेपाल वायुसेवा निगम