मुख्य समाचार

गोली प्रहार गरि रोल्पामा तरुण दलका नेताको हत्या

गोली प्रहार गरि रोल्पामा तरुण दलका नेताको हत्या

रोल्पा । रोल्पामा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । 

 

सुनील स्मृति गाउँपालिका-४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । 

 

अध्यक्ष पुनमाथि कसले, किन गोली प्रहार गरेको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन । गोली प्रहार गर्ने समूहको तीव्र खोजी भइरहेको प्रहरीले बताएको छ । 

तरुण दल रोल्पा तरुण दलका नेताको हत्या