मुख्य समाचार

प्रचण्डले भारत भ्रमण किन छोट्याए ? कारण यस्तो छ

प्रचण्डले भारत भ्रमण किन छोट्याए ? कारण यस्तो छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमण तीनदिन मात्र गर्ने भएका छन् । पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगाडि नै स्वदेश फर्किने भएका छन् ।

 


प्रचण्ड बिहीबार भारत जाँदैछन् । उनी २६ गते फर्कने तालिका तय भएको थियो । तर, प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

 

यो बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ । बैठककै लागि प्रचण्डले भारत भ्रमण तीन दिनमा छोट्याएका छन् । उनी २३ गते नै स्वदेश र्फकने र २३ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् ।

प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी नेकपा