मुख्य समाचार

गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिकामा गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा तीजना पक्राउ परेका छन् । 

 

सात महिनाको गर्भ पेटमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा विजय नगर गाउंपालिका वडा नंं ७ का २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट रहेका छन् । पक्राउ परेका तिनै जना एउटै वडाका हुन् । 

 

गर्भवती महिलालाई जबरजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरले उनीहरुलाई पक्राउ गरेको हो । 

 

पक्राउ परेका उनीहरुलाई सोमवार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

गएको मंगलबार राति घरमा एक्लै रहेको अवस्थामा उनीहरुले ३८ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको पीडितले किटानी जाहेरीमा उल्लेख गरेकी छिन् ।

बलात्कार कपिलवस्तु विजयनगर गाउँपालिका