मुख्य समाचार

काठमाडौंमा शुक्रबारदेखि इन्द्रजात्रा पर्व सुरु (फोटो फिचर)

काठमाडौंमा शुक्रबारदेखि इन्द्रजात्रा पर्व सुरु (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो चाड इन्द्रजात्रा शुक्रबारदेखि सुरु भएको छ । पहिलो दिन शुक्रबार ३२ हात लामो लिंगो ठड्याइएसँगै इन्द्रजात्रा प्रारम्भ भएको हो ।

 

 

ठड्याइएको  लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिङ्गो उठाउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए । 

 

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक हप्तासम्म चल्ने इन्द्रजात्राका क्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ । 

 

 

यही असोज ८ गते राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ । 

 

गणेश, भैरव र कुमारीको रथयात्रामा हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन करीब २३५ वर्षको शाहवंशीय परम्परा हुँदै गणतन्त्रात्मक व्यवस्थामा अहिले पनि निरन्तरता पाएको छ । 

 

 

काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूखलाई शुभ साइतमा काटेपछि भोटाहिटीमा राखेर विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । 

 

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार, ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाइन्छ । एक सातापछि इन्द्रध्वजालाई लडाएर पर्व सम्पन्न गरिन्छ । 

 

 

इन्द्रको आमाले छोरा नफर्किएपछि ध्यान दृष्टिले हेर्दा घटनाका बारे थाह पाएपछि घटनास्थल आई बाँधिएको मान्छे स्वर्गको राजा इन्द्र भएकाले छुटाउन स्थानीयवासीसँग अनुरोध गरेको कथा सुन्न पाइन्छ । 

इन्द्रजात्रा उपत्यका लिंगो