समाचार प्रवास

अमेरिकाको लङआइल्यान्डमा संविधान दिवस मनाइयो  

अमेरिकाको लङआइल्यान्डमा संविधान दिवस मनाइयो  

सोमनाथ हुँमागाई
 
अमेरिका । न्यूयोर्क राज्यको लङआइल्यान्डमा संविधान दिवस मनाइएको छ । 


स्थानीय समाजसेवी अर्जुनप्रसाद मैनालीको पहल तथा लङआइल्यान्ड नेपाली समाजको आयोजनामा भएको सो सो संविधान दिवसमा लामो संघर्षपछि नेपालले संविधान प्राप्त गरेको दिन असोज ३ गतेलाई नेपालको संविधान दिवस (राष्ट्रिय दिवस) को रूपमा मनाउँदै एकआपसमा खुशी साटेर शुभकामना आदान प्रदान गरेका थिए । 


लङआइल्यान्ड नेपाली समाजका महासचिव राजन गौलीको निबास हिक्सभिलमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष टीकाराज ढकाल,  एन आरएन न्युयोर्क च्याप्टरका महासचिव महेश खड्का, नेपाली जनसम्पर्क  समिति  लङआइल्यान्ड च्याप्टरका सभापति  बिश्वराज वास्तोला, उपसभापति विनोद थापा, समाजका सचिव शंखनारायण प्रजापति, सदस्य शोभा पोखरेल श्रेष्ठ, जनसम्पर्क  समिति अमेरिकाका सक्रिय  सदस्य सुरेन सापकोटालगायत स्थानीयवासी रविन संग्रौला, केदार कट्टेल, आशिका दाहाल, तारा मैनाली, सबु सापकोटा, लक्ष्मी बाँस्तोलालगायत उपस्थिति  थिए ।


अनौपचारिक रूपमा समसामयिक छलफलबाट सुरु भएको उक्त कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै समाजका अगुवाहरूले संविधान प्रजातान्त्रिक, सार्वभौम भएको भन्दै उत्कृष्ट संविधानको संज्ञा दिएका थिए । समाजका महासचिव राजन गौलीले सञ्चालन गरेको उक्त कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै समाजका अध्यक्ष ढकालले समापन गरेका थिए ।

अमेरिकाको लङआइल्यान्डमा संविधान दिवस