प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

बझाङ, भदौ २९ । सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका-५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । 

 

 

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए।

 

 

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननु परेको छ । 

मलेसिया सडक दुर्घटना बझाङ