मुख्य समाचार

सीमा विवाद हुनु हुँदैनः प्रधानमन्त्री ओली

सीमा विवाद हुनु हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतका बीच सिमानामा विवाद हुन नहुने बताएका छन् । नेपाल-भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उनले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताए । 

 


‘कहीँकतै समस्या देखियो भने २ पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्’ प्रधानमन्त्री ओलीले भने । नेपाल-भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ’- प्रधानमन्त्री ओलीले भने । 

 

 

कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सीमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल-भारत सिमाना